६ बैशाख, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे सपरिवार पुगेका छन्।
नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटासहित बिहीबार सुकुटे पुगेका पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड आरामका लागि सुकुट पुगेको बताइएको छ।
बिहीबार सुकुटेबीचमा वास बसेका प्रचण्डले शुक्रबार बिहानै सुकुटेमा मर्निङ वाकसम्म गर्न भ्याए।
आज चितवनमा लगानी सम्मेलनको उद्घाटन गर्न जाने कार्यक्रम रहेकोले आजै काठमाडौं फर्किने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्