५ बैशाख, काठमाडाैँ – टोटेनहम च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग पराजित भएपनि अवे गोलका आधारमा टोटेनहमले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा ७ गोल भएको थियो ।
दोस्रो लेग ४–३ ले गुमाएपनि टोटेनहम समग्रमा ४–४ को नतिजा सहित अवे गोलका आधारमा सेमिफाईनल प्रवेश गरेको हो । घरेलु मैदानमा भएकाे पहिलाे लेगकाे खेलमा टाेटेनहमलाइ १-० काे अग्रता प्राप्त थियाे ।
सिटिका लागि रहिम स्टर्लिङले २ , सर्जियो अगुएरोले १ तथा बर्नार्डो शिल्भाले १ गोल गरे भने टोटनह्यामका लागि जापानिज खेलाडी सनले २ र लोरेन्टेले १ गोल गरे ।
प्रतिक्रिया दिनुहोस्