Logo

प्रबल जनसेवाश्री पदकबाट चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाह विभूषित



Spread the love

३ बैशाख , काठमाडाैँ – पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल सरकारले चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिसेक बिक्रम शाहलाई प्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ । संविधान दिवसका दिन घोषणा गरेको उक्त पदकबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शाहलाई विभूषित गरिएको हो ।

शाह सहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो । नेपाल सरकारको गौरव एवम् पर्यटन क्षेत्रको अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विभूषित गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुष्ण राख्दै नेपाल र नेपालीको वृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ ।

पछिल्लो पटक चन्द्रागिरि हील्स्का महाप्रबन्धक रहेका शाहले चन्द्रागिरिलाई नयाँ पर्यटकीय गन्तब्य बनाउन उल्लेखनीय भूमिका खेलेका थिए । शाह बिगत आठ बर्ष देखि पर्यटक क्षेत्रमा कृयाशिल रहँदै आएका थिए ।

विभुषित भए लगतै प्रतिक्रिया दिँदै शाहले नेपाल सरकारले काम र मिहेनतको मुल्यांकन गरी दिएको पदकको गरिमा राख्नका लागि अझै मेहेनत जारी राख्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्