१ बैशाख , काठमाडाैँ – लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपूलको जितमा साडियो माने र मोहमद सलाहले १–१ गोल गरे । लिभरपुलको मैदानमा खेलिएको खेलको ५० औं मिनेटमा सानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए ।
खेलको ५२ औं मिनेटमा सलाहले टोलीको लागि दोश्रो तथा व्यक्तिगत पहिलो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
त्यसपछि बाँकी खेलिएको खेलमा दुबै टोलीबाट गोलका प्रयास भए पनि गोल हुन नसक्दा लिभरपुल २–० गोलले विजयी हुँदै लिग तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो ।
प्रतिक्रिया दिनुहोस्