Logo

प्रधानमन्त्री मोदीको फिल्म रिलिज गर्न निर्वाचन आयोगको रोक



Spread the love

२८ चैत , एजेन्सी – भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको फिल्म रिलिजमा रोक लगाएको छ।

भारतमा लोक सभा चुनावको पहिलो चरणको मतदान हुनु अघिल्लो दिन आयोगले ‘पिएम नरेन्द्र मोदी’ नामको उक्त फिल्म रिलिजमा रोक लगाएको हो।

चुनावका बेला यस्ता फिल्म चलाउँदा आममानिसमा भ्रम सिर्जना हुने भन्दै आयोग फिल्म रिलिजमा रोक लगाएको हो।

यसअघि कंग्रेस आईका एक कार्यकर्ताले फिल्मको रिलिज रोक्न माग गर्दै हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। सर्वोच्चले यस्तो कुराको निर्णय गर्न उपर्युक्त थलो आयोग भएको बताएको थियो।

उक्त फिल्मको ट्रेलरमा मोदीलाई बढाइचढाइ गरी देखाइएको छ।

ओमंगकुमार बी, ज्रेस ओबेरोय र सन्दीप सिंहले निर्देशन गरेको उक्त फिल्म बिहीबार रिलिज गर्ने तयारी थियो।

प्रतिक्रिया दिनुहोस्