Logo

बालाकोट आक्रमण : पाकिस्तानले देखायो भारतीय वायुसेनाले कारबाही गरेको ठाउँ



Spread the love

२८ चैत काठमाडौ ।
पाकिस्तानी अधिकारीहरूले विदेशी सञ्चारमाध्यम र रक्षा सहचारीहरूलाई भारतले गत फेब्रुअरीमा विवादित हवाई आक्रमण गरेको घटनास्थल देखाएको छ।

उनीहरूलाई बालाकोटस्थित एउटा इस्लामिक विद्यालयमा जान दिइएको छ । जहाँ भारतीय सञ्चारमाध्यमहरूका अनुसार कश्मीर आक्रमणको प्रतिक्रियास्वरूप भारतले गरेको कारबाहीमा लडाकुहरू मारिएका थिए।

उक्त विद्यालयको भवन सकुशल देखिएको छ।

पाकिस्तानी सेनाले आतङ्कवादी शिविरका रूपमा त्यसको प्रयोग गरिएको दाबी अस्वीकार गरेको छ।

भारतीय आमनिर्वाचनको पूर्वसन्ध्यामा उक्त विद्यालयको अवलोकन गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्