बलिउड अभिनेत्री सन्नी लियोनीले आफ्ना बितेका दिनका केही काला अध्यायहरू सम्झिँदा अहिले पनि आँसु आउने बताएकी छन् ।
आफ्नो जीवनीमाथि बनेको ‘करनजीत कौर–द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ को अन्तिम तयारीमा जुटिरहेकी उनले विगतलाई एउटा परिघटना सम्झेर बाँच्न चाहने बताएकी छन् ।
उक्त चलचित्रमा आफ्नो भूमिकाको स्मृति गर्दै उनले भनिन्, ‘जीवनका ती काला दिनहरू फेरि एकपटक याद गर्नु मेरा लागि सहज थिएन । म ती दिनलाई नराम्रो सपना मानेर छिट्टै बिर्सन चाहन्छु ।’ उनले जतिवेला आफ्नी आमाको निधन भयो त्यतिवेला मेरा पिता क्यान्सरसँग जुँधिरहेको समेत सम्झिन् ।
उनले भनिन्, ‘त्यसको केही समयपछि उहाँ पनि बित्नुभयो । मैले विवाह गरेँ अनि मलाई एउटा भारतीय टिभी सोमा आउने आमन्त्रण मिल्यो । यी सबै छिटोछिटो भए ।’
उनले आफ्नो विगत निकै दुखदायक भएको बताउँदै भनिन्, ‘जसलाई म यादै गर्न चाहन्न । सुटिङको वेला मैले आफूलाई सम्हाल्नै सकिन, म रोएँ । म रोएको देखेर मेरा पति डेनियल वेबरसमेत डराए । उनी असाहय महशुस गरिरहेका थिए । किनकि, उनले मेरा जीवनका ती काला पानाहरू ठीक गर्न सक्दैनथे । आफ्ना परिवारलाई गुमाउनु एकदमै डरलाग्दो कुरा हो ।’
सन्नीको बायोपिक वेवसिरिज जी फाइभ ओटिटीमा आगामी शुक्रबार सार्वजनिक हुँदैछ । बलिउडमा चलचित्र ‘जिस्म २’ बाट डेब्यु गरेकी सन्नीले त्यसपछि ‘एक पहेंली लिला’, ‘रइस’, ‘वान नाइट स्ट्यान्ड’, रागिनी एमएमएस२’ ‘तेरा इन्तजार’ लगायतका दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी छन् । एजेन्सी