Logo

आज बार्सा र युनाइटेडको भिडन्तः खराब इतिहासमा पूर्णविराम लगाउँने बार्साको लक्ष्य



Spread the love

२७ चैत , काठमाडाैँ – स्पेनिस जायन्ट बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आज राती च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा आमने सामने हुँदैछन् ।

११ वर्षमा ६ पटक यी दुई टोली भिड्दा दुबै टोलीले समान जीत, हार र बराबरीको नतिजा पाएका छन् । यी २ टोलीले समान २–२ खेलमा हार जीत निकाल्दा २ खेल भने बराबरीमा सकिएका छन् । तर गोल अन्तरका हिसाबले हेर्ने हो भने बार्सिलोना म्यानचेस्टर भन्दा अगाडी रहेको छ ।

म्यानचेस्टरले बार्सिलोनासँगको भेटमा ६ गोलको सामना गर्दै मात्र ३ गोल फर्काउँन सफल भएको छ ।

सन् २००८ को २३ अप्रिलमा च्याम्पियन्स लिगम भएको पहिलो लेगमा दुबै टोलीले बराबरी खेलेका थिए । तर, २९ अप्रिलमा भएको दोस्रो लेगमा बार्सिलोना युनाइटेडसँग  १-० गोल अन्तरले पराजित हुँदै च्याम्पियनस लिगबाट बाहिरिएको थियो ।

त्यसपछि सन् २००९ को २७ मे मा भएको फाइनल खेलमा बार्सिलोनाले युनाइटेडलाई २-० ले पराजित गर्दै च्याम्पियन्स लिग जितेको थियो । त्यस्तै २०११ को २८ मे मा भएको खेलमा बार्सिलोना ३-१ ले विजयी हुँदै पुनः युरोपियन च्याम्पियन बन्न सफल भयो ।

२०११ कै ३० जुलाईमा भएको खेलमा युनाइटेड बार्सिलोनाविरुद्ध २-१ गोल अन्तरले पराजित भएको थियो । तर २०१२ को ८ अगस्टमा भएको पछिल्लो भेटमा दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए ।

आज हुँने खेलमा बार्सिलोना जीतसँगै ट्राफोर्डको खराब इतिहासमा पूर्ण विराम लगाउँने लक्ष्यका साथ मैदान उत्रँदैछ । २ महत्वपूर्ण खेलमा युनाइटेडलाई पराजित गरेको बार्साले ट्राफोर्डमा भने जीत निकाल्न सकेको छैन । यस खेलका लागि बार्सिलोनाले कप्तान लियोनल मेसी, लुइस स्वारेज, डेम्बेले र फिलिप्पे काउटिन्होलाई प्रमुख हरिया बनाउने छ । बार्सिलोनाका लागि जारी सिजनमा मेस्सीले ४४ गोल गर्दा स्वारेजले २४, डेम्बेलेले १४ र काउटिन्होले १० गोल गरेका छन् ।

त्यस्तै, यता युनाइटेडका लागि लुकाकु, पोग्वा, रासफोर्ड र माट्रियल प्रमुख हतियार हुने छन् । युनाइटेडका लागि लुकाकुले १५ गोल गरेका छन् भने पोग्वाले १४, रासफोर्डले १३ र माट्रियलले १२ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्