२७ चैत, काठमाडौं ।
तिब्बती धर्म गुरु दलाइ लामाको स्वास्थ्यमा समस्या देखिएको छ । भारतको हिमाचल राज्यमा रहेका धर्म गुरु लामालाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ ।
उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार छातीमा संक्रमण देखिएको छ । ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो।
चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारतमा बस्दै आएका छने । तिब्बतलाई स्वतन्त्र देशको मान्यता दिलाउन लागि परेका लामालाई चीनले आफ्नो शत्रुका रुपमा लिने गरेको छ ।
उनले नोबेल शान्ति पुरस्कार पनि पाएका छन्। उनले प्रवचन दिएर विश्वभरि ख्याति पनि कमाएका छन्।
प्रतिक्रिया दिनुहोस्