Logo

टोटनह्याम झिनो अन्तरले विजयी, अगुएरो पेनाल्टीमा चुके



Spread the love

२७ चैत , काठमाडाैँ – च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा टोटेनहमले अग्रता लिएको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले प्रिमियर लिगको प्रतिद्वन्दी क्लब म्यानचेष्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेनहमका लागि सन ह्युङ मिनले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे ।

खेलको सुरुवातमै सिटीले पेनाल्टीको अवसर पाएको थियो । रहिम स्टर्लिङको प्रहार टोटेनहमका ड्यानी रोसीको हातमा लागेपछि रेफ्रीले सिटीलाई पेनाल्टीको अवसर दिएका थिए ।

तर सर्जियो अग्युरोको प्रहारलाई टोटेनहमका गोलकिपर ह्युगो लोरिसले बचाउ गर्दै पाहुना टोलीलाई निराश बनाएका थिए ।

दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्