२६ चैत, काठमाडौं – टोकियो ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई पराजित गरेको छ ।
म्यान्मारमा जारी छनोट खेलमा यस अघिका दुवै खेलमा नेपाल र इन्डोनेसिया पराजित भएका थिए । सन् २०२० माहुने टोकियो ओलम्पिक छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले भने इण्डोनेशियालाई हराउँदै सान्त्वना जित निकालेको हो ।
आज भएको समुहको अन्तिम खेलमा नेपालले इण्डोनेसियालाई दुई एकले हराएको छ । नेपालको जितका सावित्रा भण्डारीले दुई गोल गरिन । उनले खेलको ३६ औं र ८९ औं मिनेटमा गोल गरिन । यता इन्डोनेसियाले ४७औं मिनेटमा एक गोल गरेको थियो ।
यो जितसँगै नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन एक र भारतसँग पनि तीन एकले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्