अग्रज सङ्गीतकार कमल क्षेत्रीको ७७ वर्षको उमेरमा हिजो राति १२ बजे निधन भएको छ । हुने बिरुवाको चिल्लोपात भने झैँ उनी सानै देखि गीत संगीतलाई अत्यधिक रुचाउन गर्दथे ।
उनी विक्रम संवत् २०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत रहेका थिए । शास्त्रीय सङ्गीतमा निपूर्ण ज्ञान हासिल गरेका संगीतविज्ञ क्षेत्री लामो समयदेखि बिरामी अवस्थामा थिए । उनले शास्त्रीय रागहरूको बारेमा ‘रागहरूको साँचो’ पुस्तक लेखेका छन् ।उनका गीत ‘माया कसले नेप्टीलाई लाइटर’ चर्चित भएका थिए भने गगनभरिको ताराको टिलपिल टिपेर, सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे लगायत गीतमा सङ्गीत भरेका थिए ।
क्षेत्रीले ‘मुनामदन’ मा सहायक सङ्गीत निर्देशन र स्वर समेत भरेका थिए । शिव ताण्डव नृत्य नाटिकासमेत सङ्गीत गरेका उनको स्वरमा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्