२६ चैत , काठमाडाैँ – इंगल्याण्डका पूर्व खेलाडि एलेन सेयररले बार्सिलोना र लियोनल मेसीले गर्दा म्यानचेस्टर सिटिले च्याम्पियन्स लिग जित्न नसक्ने बताएका छन् ।
च्याम्पियन्स लिगको ड्रलाई इंगित गर्दै उनले पेप ग्वार्डिओलाको टिम सिटिले फाइलन सम्मको यात्रा तय गरे पनि स्पेनिस जायन्ट बार्सिलोनाले मड्रिडमा सिटिको सपना बिथोल्ने विश्वास व्यक्त गरे ।
बार्सिलोनाको पक्ष लिँदै सेयररले भने “यदि सिटि फाइनलमा पुगेमा पनि ठूलो सफलता हुनेछ । तर बार्सिलोना पनि च्याम्पियन्स लिगको फाइनलमा पुग्ने टिम हुनेछ । सिटिले आफ्नो राम्रो पदर्शन गर्दै फाइनलमा पुग्यो भने उसले सबैभन्दा कडा टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।“
बार्सिलोनाको बारेमा बोल्दै गर्दा उनले जहाँबाट मेसी खेल्छन् त्यो टोली नै हरेक उपाधिको दाबेदार हुने बताए ।
इंग्लिस क्लब म्यानचेस्टर सिटिले च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनलमा अर्को बलियो इंग्लिस टोली टोटनह्यामसँग प्रतिस्पर्धा गर्दैछ । टोटनह्यामको नयाँ स्टेडियममा हुने खेल जित्न सिटिलाई पक्कै पनि सहज हुने छैन ।