Logo

सौतेनी छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ



Spread the love

२६ चैत , काठमाडौं – आफ्नै सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी पसिसर भक्तपुरले रामेछापका ३५ वर्षीय ती व्यक्तिलाई १५ वर्षीया सौतेनी छोरीलाई विभिन्न डर धम्की देखाँउदै बलात्कार गर्दै आएको आरोपमा पक्राउ गरेको हो ।

पीडितकी आमाले महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका १ घर भएका आरोपी हाल भक्तपुरको चागुँनारायण नगरपालिका २ दुवाकोटमा बस्दै आएका थिए ।

प्रहरीले आरोपीलाई पक्राउ गरी सोमबार जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्