Logo

बिहानैदेखि देशभरको मौसम बदली : अधिकांश ठाउँमा हावाहुरी र चट्याङ



Spread the love
फाइल तस्बीर

२६ चैत काठमाडौँ ।

पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ। मध्य र पूर्वी क्षेत्रका धेरै र पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित यतिबेला पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पोखरा आसपासको क्षेत्रबाट विकास भएको पानी पार्ने प्रणाली पूर्वतर्फ सर्दै गएको महाशाखाको भनाई छ । महाशाखाको अनुसार यतिबेला देशका धेरैजसो भूभागमा सानो–ठूलो पानी परिरहेको छ । नवलपरासी, चितवन, पर्सा लगायतका जिल्लामा भने चट्याङसहित वर्षा भइरहेको छ ।

देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही क्षेत्रमा अपराहन्न तिर हावाहुरी चल्ने सम्भावना पनि छ । बुधबारदेखि मौसममा केही सुधार आउने छ ।

प्रतिक्रिया दिनुहोस्