Logo

चलचित्र ‘प्रेम दिवस’ को ‘बोरु अर्को जुनी’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो )



Spread the love

पछिलो समय निकै चर्चित जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी लाई अत्यधिक दर्शकले रुचयाका हुदा फेरि यो गीतमा पनि संगै अभिनय गरेका छन्।चलचित्र ‘प्रेम दिवस’ को ‘बोरु अर्को जुनी’ बोलको गीत आज युट्युबमा सार्वजनिक गरिएको छ ।

चलचित्रमा मुख्य पात्र आयुष्मान देशराज जोशी, प्र्यांका कार्की, विशाल खरेल लगायत कलाकारहरु मुख्य भुमिका रहने छन् । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली फिल्ममा डेव्यु गर्न लागेका हुन् । चलचित्र लभस्टोरीमा बन्ने छ ।

बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहेको छ भने मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । शान्ति प्रियाको शब्द रहेको छ , कवि राज घतराजको कोरियोग्राफी गरेका छन् । हरी लामाले छायांकन गरेका हुन् । जय न्यौपानेको लगानी रहेको छ भने प्रदीप भारद्वाजकै लेखन र पटकथा रहेको छ । योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्र आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।

हेर्नुहोस् भिडियो;

https://youtu.be/l-CJiOCh5OQ

प्रतिक्रिया दिनुहोस्