बलिउड चर्चित अभिनेत्री दिपिका पादुकोणको नयाँ चलचित्र ‘छ्पाक’को तस्बिर बाहिरिएको छ । उक्त तस्बिर अहिले सोसल मिडियामा भाइरल भएको छ । दीपिकाको फस्ट लुक केही दिन अगाडी चलचित्रको छायाङ्कन स्थलबाट बाहिरिएको थियो । अहिले पुन दीपिकाको अर्को तस्बिर बाहिरिएको छ ।
चलचित्र छपाकमा दिपिका एसिड परेकी युवतीको रोलमा देखिने छिन् । छपाकमा उनले निकै नै कडा परिश्रीम र मेहेनत गरेको बताइएको छ । यो चलचित्र दिल्लीको अलग-अलग ठाउँमा छायाङ्कन भइरहेको छ भने दिपिकाको अहिले सम्मकै उत्कृष्ट चलचित्र हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्