Logo

बार्सिलोनासँग हार्यो एथ्लेटिको मड्रिड, बार्सालाई उपाधि यात्रा थप सहज



Spread the love

२४ चैत , काठमाडाैँ – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति अबेर गरी सुरू भएको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । लिगको ३१ औँ खेलमा दोश्रो स्थानको १० खेलाडीमा सिमित एथ्लेटिको मड्रिडलाई घरेलु मैदान क्याम्प नोउमा  २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरूवाति मिनेटदेखि नै दुबै टोलीले गोलका लागि संघर्ष गरे पनि पहिलो हाफमा गोल भने हुन सकेन । एथ्लेटिकोका गोल किपर जान ओब्लाकले उत्कृष्ट प्रदर्शन गर्दै  टोलीलाई बराबरीमै राखे । खेलको सुरूमा आक्रामक देखिएको एथ्लेटिको २८ औँ मिनेटमा स्ट्राइकर डिएगो कोस्टाले सिधै रातो कार्ड पाएपछि केहि खस्किएको थियो ।

गोलका लागि हर सम्भव प्रयास गरेका उरूग्वेका स्वारेजले डिबक्स बाहिरबाट गोल गर्दै ८६औँ मिनेटमा बार्सिलोनालाई १–०को अग्रता दिलाए । त्यसको  २ मिनेट नबित्दै आकर्षक गोल गर्दै मेसीले बार्सिलोनाको जीत सुनिश्चित गरे ।

ला लिगामा ३१ औँ चरणका खेल सकिँदा बार्सिलोना ७३ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा दोश्रो स्थानको एथ्लेटिको मड्रिड ६२ अंकका साथ दोश्रो स्थानमा रहेको छ । यो जीतले बार्सिलोना ला लिगा आफ्नो पोल्टामा पार्न थप सहज भएको छ ।

आजको खेलमा गोल गरेसँगै उनले गोल्डेन बुटको दौडमा समेत अग्रता बढाएका छन् । जारी सिजन मेसीले ला लिगामा ३० खेल खेल्दै ३३ गोल गरि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्