नेपाली चलचित्र इतिहासमा पहिलो पटक चार निर्देशकले एकसाथ चलचित्र ‘द डार्क एण्ड लाइट’ निर्देशन गर्ने भएका छन् । शुक्रवार पशुपति वृद्धाश्रममा वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर चलचित्रको छायांकन सुरु गरिएको छ ।
चलचित्रमा मुख्य भूमिकामा पिटर खालिङ, सरस्वती लामा, सेसुका राई, सुमन मगर, प्रिन्सा राई लगायतका कलाकारहरु रहेका छन् ।
सविन भट्टराईको छायांकन रहेको छ । राजु अर्यालले निर्देशन गरेका हुन् ।
चलचित्रलाई आउदो दसैं भन्दा अघि रिलिज गर्ने निर्माण टिमको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्