फुटबललाई माया गर्ने हर कोहीलाई थाहा छ, अर्जेन्टिनाको १० नम्बर जर्सीधारी लियोनल मेसी र पोर्चुगलका ७ नम्बर जर्सीधारी क्रिष्टियानो रोनाल्डो फुटबलका अद्भूत नाम हुन् । जबसम्म मेसी र रोनाल्डो मैदानमा खेलिरहन्छन्, तबसम्म यी दुई हस्तीहरूका बीचको तुलना पनि सकिने छैन । एक दिन रोनाल्डोले राम्रो खेल खेल्दा अर्को दिन मेसी पनि अद्भुत खेल खेलिरहेका हुन्छन् । र, खेलिरहेका पनि छन् ।
सायद फुटबललाई मन पराउँने अधिकांश जनसंख्या मेसी र रोनाल्डो मध्ये एकका फ्यान छन् । त्यसमा पनि मेसी र रोनाल्डोको लगभग बराबर होलान् । तर सामाजिक सञ्जालको लोकप्रीयतालाई हेर्दा मेसीका भन्दा रोनाल्डोका नै समर्थक धेरै छन् ।
व्यवसायिक फुटबल खेल्दाका सुरूवाति दिनमा स्पेन र इंग्ल्याण्डमा बिताए पनि पछि रोनाल्डो मेसीसँगै फुटबल खेल्न स्पेन आइपुगे । तर मेसी खेलिरहेको टोलीको कट्टर प्रतिद्व्न्द्वी रियल मड्रिडमा । सन् २००९ मा मड्रिड आएका उनले लगभग १ दशक स्पेनमै बिताए । जति समय स्पेनमा बिताए त्यति सयम उनी स्पेनिस र युरोपियन फुटबलको तारा बनेर बिताए । त्यसमा मेसी पछि पर्ने कुरै भएन । उनि पनि रोनाल्डोसँगै बनिरहे । फुटबल खेलाडीमा हुनुपर्ने सबै गुणले निपुण यी २ नाम सधैँ तुलनाका पात्र बने । को भन्दा को राम्रो भन्ने विषयका बहस बने ।
खेलाडीमा कुनै प्रकारको दुश्मनी नभएता पनि फ्यान तथा मिडियाले मेसी र रोनाल्डोलाई कट्टर प्रतिस्पर्धी बनाए । यहि विषयमा एक दिन रोनाल्डोले एक अन्तर्वातामा भनेका थिए , मेसी प्रतिभाका खानी हुन् । मेरा खास प्रतिद्वन्द्वी मेसी र ममा कुनै दुश्मनि छैन । तर मिडियाले हामीलाई दुश्मन जस्तो बनाइरहेका छन् ।
लगभग १० वर्ष एउटै राज मच्चाएर रोनाल्डो नयाँ युरोपियन लिगको स्वाद लिन इटालियन क्लब जुभेन्टस पुगेका छन् । सायद अब मेसी र रोनाल्डोको तुलनात्मक विवाद रोनाल्डो रियलमा हुँदा जत्तिको नहोला ।
एक अर्काका बारेमा कमै बोल्ने यी २ स्टारले केहि दिनयता एक अर्काका बारेमा बोलेका छन् । बार्सिलोनाका मेसीलाई एक स्पेनिस रेडियोले मेसीलाई छोडेर संसारका ५ उत्कृष्ट खेलाडिहरू को हुन् भनी प्रश्न गर्दा हाजार्ड, नेयमार, स्वारेज, एमबाप्पे र सर्जियो अगुएरोको नाम लिँदा उनले आँफू र रोनाल्डो भने छुट्टै बस्ने बताए । त्यसैगरी रोनाल्डोलाई पनि एक अन्तर्वार्तामा वर्ष भन्दा बढी समय कति जना खेलाडीले उच्च स्तरीय फुटबल खेलिरहेका छन् भनी प्रश्न गर्दा मेसी र आफ्नो मात्रै नाम लिए ।
कुनै समयका एउटै देश तर भिन्न क्लबका खास प्रतिद्वन्द्वी यी २ हस्तीहरू यतिबेला भने एक अर्काको तारिफ गर्न थालेका छन् । सायद उनीहरू दुबैलाई थाहा छ, सबै वस्तुको सुखद अन्त्य नै सँधै सम्झन लायक हुन्छ ।