Logo

डोल्पामा हिमपहिरोमा परी तीन बेपत्ता



Spread the love

२२ चैत, जाजरकोट । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका छन्।

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले टेलिफोनमार्फत जानकारी दिए । यता डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि गर्दै हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताए ।

सोही क्षेत्रमा तीन महिना अघि हिमपहिरोमा जुम्ला पानरासी लुम–४ का ५१ वर्षीय मागीराम नेपाली बेपत्ता भएका थिए । भारी हिमपातका कारण खोजी कार्यमा समस्या रहेको भन्दै उनको अझै पत्तो लाग्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्