२२ चैत, काठमाडाैँ – क्रोएसियन फरवार्ड मारियो मान्जुकिच सन् २०२१ सम्म इटालियन क्लब जुभेन्ट्समै रहने भएका छन् ।
मान्जुकिचले बिहिबार क्लबसँगको सम्झौतामा नवीकरण गरेका छन् ।
३२ वर्षे मान्जुकिच सन् २०१५ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युभेन्ट्स आएका थिए । मान्डजुकिचले युभेन्ट्सबाट १५९ खेलमा ४३ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्