बलिउड फिल्म पारखीहरूका लागि आलिया भट्ट सेन्सेसनल नाम हो । उनले आफ्नो बेजोड अभिनयद्वारा करियरको छोटो समयमा नै अब्बल अभिनेत्रीमा आफूलाई समावेश गरिसकेकी छिन् । ईम्तियाज अलिको ‘हाइवे’ बाट लिएको उनको एक्टिङको उडानले ‘उड्ता पन्जाब’, ‘राजी’, हुँदै ‘गल्ली ब्वय’ सम्म आई पुग्दा क्षितिज काटिसकेको छ । अब आउँदो भविष्यमा पनि उनका शानदार चलचित्रहरू रिलिज हुने क्रममा छन् । तिनै चलचित्रलाई समेटेर बनाएको एउटा सानो रिपोर्ट ।
१) कंलक
वरुण धवन भन्छन्,”कलङ्क फिल्म करण जोहरले १५ वर्ष अघि निर्माण गर्ने सोच बनाएका थिए तर विविध कारणवश यो फिल्म १५ वर्ष पछि रिलिज हुँदै छ। त्यसैले यो विशेष छ ।”
• रिलिज मिति- १७ अप्रिल २०१९
• स्टार कास्ट- आलिया भट्ट, वरुण धवन, आदित्य रोय कपुर, सोनाक्षी सिन्हा, माधुरी दीक्षित, सञ्जय दत्त
• निर्देशक- अभिषेक बर्मन
• निर्माता- करण जोहर
• जनरा- ड्रामा
• बजेट-७० करोड +
***
२) ब्रह्मास्त्र
रनविर कपुरसँग ‘वेक अप सिड (२००८) ‘ र ‘ए जवानी हे दिवानी(२०१३)’ जस्ता हिट फिल्म दिई सकेका निर्देशक आयान मुखर्जी फेरी एकटपक सँगै देखिँदै छन् । र यो फिल्म आलिया भट्ट र रनविर कुपरका लागि विशेष फिल्म रहनेवाला छ ।
• रिलिज डेट- क्रिसमस २०१९
• स्टार कास्ट- रनबिर कपुर,आलिया भट्ट, अमिताभ बच्चन
• निर्देशक- आयान मुखर्जी
• जनरा- एक्सन-ड्रामा
• बजेट- ९० करोड
***
३) आर आर आर
फिल्म आर आर आर मार्फत आलिया भट्टले तेलगु फिल्म ईन्ड्स्ट्रीमा डेब्यु गर्दै छिन् । बाहुबली सिरिज का निर्देशक एस.एस. राजामौलीको निर्देशन बन्न लागेको यस फिल्ममा आलिया सँगै लिड रोलमा साउथ सुपरस्टार एन. टि. आर. र रामचरणले पनि अभिनय गरेका छन् । बाहुबली पछि यो फिल्म धेरै ठुलो लागतमा बन्दै छ ।
• रिलिज डेट-२०२०
• स्टार कास्टः आलिया भट्ट, जुनियर एन.टि. आर., राम चरण
• निर्देशक एस. एस. राजामौली
• निर्माताः डी भि. भि. डानय्या
• जनराः ड्रामा
• बजेटः ३०० करोड +
***
४) सडक २
महेश भट्टले आफ्नी छोरीहरू पूजा भट्ट र आलिया भट्टलाई सन १९९१ मा आएको फिल्म ‘सडक’को सिक्वेल “सडक २” का लागि अनुबन्धित गरिसकेका छन् । जसमा उनीहरूसँगै सञ्जय दत्त र आदित्य रोय कपुरलाई पनि देखिनेछन् ।
• रिलिज डेटः २५ मार्च २०२०
• ‘स्टार कास्ट- आलिया भट्ट, पूजा भट्ट, आदित्य रोय कपुर, सञ्जय दत्त
• निर्देशक- महेश भट्ट
• निर्माता- मुकेश भट्ट
• जनरा- ड्रामा
• बजेट-
***
५) तख्त
करण जोहर र युवाहरूकी सेन्सेसन् आलिया भट्ट ‘तख्त’ फिल्ममा रणवीर सिंह, करिना कपुर, विक्की कौशल, जान्ह्वी कपुर, भूमि पेड्नेकर र अनिल कपुरका साथ देखा पर्दै छन् ।
• रिलिज डेटः २०२०
• ‘स्टार कास्ट- आलिया भट्ट, रणवीर सिंह, अनिल कपुर, विक्की कौशल, करिना कपुर, जान्ह्वी कपुर, भूमि पेड्नेकर
• निर्देशक- करण जोहर
• निर्माता- करण जोहर
• जनरा- पिरियड ड्रामा
• बजेट- १०० करोड +
***
६) ईन्साल्लाह
हाम्रो समयमा सबैभन्दा धेरै रुचाइएका दुई स्टार आलिया-सलमान, सञ्जय लीला भन्सालीको नयाँ फिल्म ईन्साल्लाहमा सँगै आउँदै छन् ।
• रिलिज डेटः २०२०
• ‘स्टार कास्ट- आलिया भट्ट, सलमान खान
• निर्देशक- सञ्जय लीला भन्साली
• निर्माता- सञ्जय लीला भन्साली
• जनरा- रोमान्टिक ड्रामा
• बजेट-
***