Logo

आत्मघाति गोलले डुबायो युनाइटेडलाई…



Spread the love

चैत २० , काडमाडाैँ – आज भएका इंग्लिस प्रिमियर लिग अन्तर्गतका खेलमा म्यान्चेस्टर युनाइटेडले पराजय व्यहोर्दा वाट्फर्ड भने जीत निकाल्न सफल भएको छ ।

म्यानचेस्टर युनाइटेड तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी वुल्भरह्याम्टनसँग २–१ ले पराजित भएको छ । उक्त खेलमा वुल्भरह्याम्टनका लागि २५औँ मिनेटमा डिएगो जोटाले बराबरी गरेका थिए भने खेलको ७०औँ मिनेटमा क्रिश स्मलिङले आत्मघाती गोलको उपहार दिँदै वुल्भरह्याम्टनलाई विजयी बनाए । युनाइटेडका लागि भने खेलको १३औँ मिनेटमा स्कट म्याटोमिनले गोल गरेका थिए ।

उता ४–१ को जीत हासिल गरेको वाटफर्डका लागि डकर, हग्स,डिने र फेमिनियाले १/१ गोल गर्दा फुलह्यामका रायन व्याबल १ गोल पर्काउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्