Logo

विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने यू-१९ नेपाली टोलीको घोषणा



Spread the love

९ चैत्र, मंगलवार
आईसीसी अन्डर-१९ विश्वकप एसिया छनौट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा भएको छ । खेल अप्रिल १० देखि १८ तारिकसम्म मलेसियामा आयोजना हुने छ ।

प्रारम्भिक टोलीको बन्द प्रशिक्षण र भारत भ्रमणमा खेलिएका अभ्यास खेलको आधारमा मंगलवार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । रोहित कुमार पौडेल कप्तान रहेको टोलीमा हरि बहादुर चौहान, अभिषेक बस्नेत र कुशल मल्लले पहिलो पटक स्थान बनाएका छन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै अभिषेक बस्नेत, भिम शार्की, हरि बहादुर चौहान, कमल ऐरी, कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ, प्रतिष जिसी, राशिद खान, रित गौतम, सागर ढकाल, सुन्दिप जोरा र सुर्य तामाङ्ग रहेका छन् । साथै,  लोकेश बम, आकाश चन्द, रभी कुमार साह र सेर मल्ल भने बैकल्पिक खेलाडीको सुचिमा रहेका छन्।

बिनोद दास मुख्य प्रशिक्षक रहेको नेपाली यू-१९ टोलीको सपोर्ट स्टाफमा रमन शिवाकोटी र फिजियोमा बिकास न्यौपाने रहेका छन्।

प्रतियोगिताको लागि नेपाली टोली अप्रिल ६ तारिकमा मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा यूवा टोलीले कुनै अभ्यास खेल भने खेल्ने छैन।

प्रतिक्रिया दिनुहोस्