आँधीहुरी प्रभावित जिल्ला बारामा धुर्मुस सुन्तली फाउण्डेशनले राहत वितरण गरेको छ ।
बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ लगायत सामग्री वितरण गरेको हो । फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत जनप्रतिनिधिहरूको रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको सिताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिएका छन् । देशमा विपत्ति आउँदा धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग गर्दै आएको छ ।
बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भीषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु भइसकेको छ भने ७ सय बढी घाइते भएका छन् ।
तस्बिर : सिताराम कट्टेल ‘धुर्मुस’
प्रतिक्रिया दिनुहोस्