इण्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले भइरहेको सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर बिचको खेलमा हैदरावादका ओपनिङ ब्याट्सम्यान जोनी बेयरिस्टोले शानदार शतक बनाएका छन् ।
यो यसपालीको आईपीएलको तेस्रो शतक प्रहार हो ।
उनले ५६ बलमा ११४ रन जोड्दै खेलबाट आउट भएका थिए ।
हेर्नुहोस् बेयरिस्टोको शतक सेलिब्रेसनः
खेल राजिब गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदरावादमा भैरहेको छ । दुबै टिमको यो तेस्रो खेल हो ।
हैदराबादले दुई खेल मध्ये एकमा जित र एकमा हार व्यहोरेको छ । बिराट कोल्हीको कप्तानीमा रहेको प्रतिद्वन्द्वी टिम बेंग्लोर भने लगातार दुई खेलमा पराजित भएकाले आज पहिलो जितको खोजिमा हुने छ ।
यी दुईबीच अहिले सम्म ९ पल्ट टि-ट्वान्टी भिडन्त भएकोमा सनराईजर्स हैदरावादले ५ तथा रोयल च्यालेन्जर्स बेंग्लोरले ४ जित हासिल गर्न सफल दरिएका छन् ।
फोटोः आईपीएल
प्रतिक्रिया दिनुहोस्