इण्डियन प्रिमियर लिग (आईपीएल) मा आजको पहिलो खेलमा अहिले सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर एकआपसमा भिडिरहेका छन् । बिराट कोह्लीको टिम बेंगलोरले टस जितेर बलिङ गरिरहेको छ ।
हैदरावादका ओपनिङ ब्याट्सम्यान बेयरिस्टोले यसपालीको आईपीएलको दोस्रो शतक हासिल गरेका छन् भने वार्नरले अर्धशतक बनाई सकेका छन् । उनीहरूको साझेदारी टुटाउन बेंगलोरलाई निकै हम्मे हम्मे परेको छ ।
१४ ओभर सकिदा हैदराबादले १६२ रन जोड्न सफल भइसकेको छ । अहिलेसम्म एउटै पनि विकेट झर्न सकेको छैन । त्यसैले पनि बेंगलोर दबाबमा परेको छ ।
खेल राजिब गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदरावादमा भैरहेको छ । दुबै टिमको यो तेस्रो खेल हो ।
हैदराबादले दुई खेल मध्ये एकमा जित र एकमा हार व्यहोरेको छ । बिराट कोल्हीको कप्तानीमा रहेको प्रतिद्वन्द्वी टिम बेंग्लोर भने लगातार दुई खेलमा पराजित भएकाले आज पहिलो जितको खोजिमा हुने छ ।
यी दुईबीच अहिले सम्म ९ पल्ट टि-ट्वान्टी भिडन्त भएकोमा सनराईजर्स हैदरावादले ५ तथा रोयल च्यालेन्जर्स बेंग्लोरले ४ जित हासिल गर्न सफल दरिएका छन् ।
फोटोः आईपीएल