Logo

महिला टी-ट्वान्टी क्रिकेट अक्सन भव्य रुपमा सम्पन्न, हेर्नुहोस् बिक्री भएका खेलाडी र टिम (फोटो फिचर सहित)



Spread the love

महिला फ्रेन्चाईजमा एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिगको खेलाडी खरिद बिक्री अहिले चलिरहेको छ । अक्सनमा नाम चलेका खेलाडी नै महङ्गाे रकममा विक्रि भए ।

यसमा जम्मा ८० खेलाडीले नाम दर्ता गराएका थिए । अक्सनमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी रहेका छन । एक टिमले कुल ६ लाख ५० हजार रुपैयाँ अक्सनमा खर्च गर्न पाउने नियम थियो । जसमा महंगो रकममा अनुबन्ध हुनेमा राष्ट्रिय खेलाडी ज्योती पाण्डेलाई अधिकतम ७५ हजार रुपैयाँमा धनगढीले अनुबन्ध गर्यो ।

 

हाल सम्म बिक्री भएका खेलाडी र टिम 

विराटनगर रोअरिङ लायन्स

  • काजर श्रेष्ठ – ७५ हजार,
  • अन्जली चन्द – ५० हजार,
  • किर्तिका मोरासैनी –२५ हजार,
  • अनुराधा चौधरी – ३५ हजार,
  • अश्मिना कर्मचार्य –३५ हजार,
  • सन्जु लामा– १५ हजार,
  • सुश्मा श्रेष्ठ– १५ हजार

काठमाडौं सुपर च्याम्पियन

  • सुमन खतिवडा – ५० हजार,
  • ममता चौधरी – ७५ हजार,
  • ईश्वरी विष्ट १५ हजार,
  • रेवती धामी – ५० हजार,
  • सरिता मगर – ७५ हजार,
  • रुमा थापा – ७५ हजार

धनगढी वन्डर वुमन

  • कविता कुँवर –७५ हजार,
  • रोवि पोदर –२५,
  • मनिषा राना – २५ हजार,
  • ज्योती पाण्डे ७५ हजार,
  • सबनम राई – ७० हजार

भैरहवा क्विन्स

  • सरस्वती कुमारी चौधरी – ४० हजार,
  • नितु भण्डारी – ३३ हजार,
  • सोनु खड्का ७५ हजार,
  • अलिशा केसी ४७ हजार,
  • इन्दु बर्मा – ७५ हजार

पहिलो श्रेणीमा रहेका खेलाडीको न्युनतम मुल्य ४० हजार देखि सुरु भएर ७५ हजारसम्म पुग्ने छ भने दोस्रो श्रेणीका खेलाडीको न्युनतम मुल्य २५ हजार देखि सुरु भएर ५० हजार सम्म पुग्नेछ । त्यस्तै तेस्रो श्रेणीको खेलाडीको भने मुल्य १५ हजार बाट सुरु भएर २५ हजार पुग्नेछ ।

हेर्नुहोस् कार्यक्रमको फोटो फिचरः

फोटोः वुमन टी-ट्वान्टी क्रिकेट लिगको फेसबुक पेजबाट ।

प्रतिक्रिया दिनुहोस्