Logo

संसारका सम्पुर्ण छोरीहरूलाई बिपुल क्षेत्रीको ‘आशिष’



Spread the love

संसारका सबै सुन्दर छोरीहरूलाई समर्पण गर्दै गायक-संगीतकार बिपुल क्षेत्रीले ‘आशिष’ गीत बजारमा ल्याएका छन् । उनको छोरीको जन्म सँगै जन्मिएको थियो, ‘आशिष’को ट्युन । त्यसैले उनले यसलाई ‘भेरी पर्सनल’ संगीतको रुपमा परिभाषित गरेका छन् । साथमा उनले यो गीत छोरीबाट सम्मानित सबै बाउहरूको मनमा रेजोनेट हुने समेत विश्वास व्यक्त गरेका छन् ।

बिपुल क्षेत्री, आधुनिक नेपाली सांगीतिक क्षेत्रका एक यस्ता हस्ती हुन्, जसले सदियौदेखि एउटै बाटोमा हिडिरहेको नेपाली संगीतलाई फरक राजमार्गमा डोर्याउने प्रयत्न गरे । फरक अन्दाज, मीठो शैली, गहिरा शब्द अनि भव्य संगीतको रस दिलाउदै नेपालभाषी संगीतप्रेमीलाई उनले बिल्कुलै नयाँ स्वाद चखाए । ‘सिन्डिकेट’, ‘असार’, ‘रामसाईली’, ‘जुनकिरी’ लगायतका गीतले सारा नेपालभाषीलाई नै मन्त्रमुग्ध पार्दिएको थियो ।

‘आशिष’ गीत पहिलेका उनका कोसेली भन्दा अझै मीठो भएर आएको छ । गीतमा शब्द, स्वर तथा संगीत बिपुल क्षेत्री कै रहेको छ भने प्रिन्स नेपालीको सारंगी अनि गनेश दत्तको भायोलिन । सारंगी र भायोलिनको कारुणिकताले गीत झनै ओजिलो बनेको छ । गीतमा कुँदिएका शब्दहरू सदाझै यसपाली पनि बहुतै काव्यिक लाग्छन् । त्यतिमात्रै नभएर गीतको भिडियो पनि निकै सुन्दर बनेको छ । स-साना नानीहरूले भायोलिनमा साथ दिइरहेको दृश्य साच्चै लोभलाग्दो देखिन्छ । खासै भिडियो नबनाउने बिपुलले यसपाली भने गज्जबको भिडियो इन्ट्रो दिन भ्याएका छन् ।

बिपुल मुलतः लोक संगीतकार हुन् । उनी आफु हुर्किएको दार्जिलिङ परिदृश्यको नेपालीमुलका स-साना कुराहरूलाई टपक्क टिप्छन् अनि शब्दहरूका मालामा बुन्दै रहरलाग्दा संगीतको सृजना गर्छन् । ‘आशिष’ पनि उनको यही सिग्नेचर अन्दाजको उदाहरण हो ।

‘आशिष’ गीतको अफिसियल भिडियो :

https://www.youtube.com/watch?v=mqhyXNj1JVA

‘आशिष’ गीतको ‘बिहाइन्ड द सिन’ भिडियो :

 

#Rajan_Kc_Pramod

प्रतिक्रिया दिनुहोस्