डेकान क्रोनिकलसँगको कुराकानीमा निर्देशक जोया अख्तरले ‘गल्ली बोए’ फिल्मको सिक्वेल बन्ने पक्का भइसकेको बताएकी छिन् ।
रणबीर सिंह र आलिया भट्ट अभिनित ‘गल्ली बोए’ दर्शक एवम् समिक्षक दुबैले साह्रै रुचाएको फिल्म हो । यसले बक्सअफिसमा समेत धुम मच्चाएको थियो । फिल्म मुलतः र्याप म्युजिकमा आधारित भएर बनेको थियो ।
रणबीरले फिल्ममा मुराद अहमदको भुमिका निर्वाह गरेका छन् । जसले आफ्नो सृजनशीलतालाई र्यापमार्फत प्रस्फुटन गर्ने साहस गर्छ । उसले समाजका असमानता र भेदभावलाई र्यापका तेजिला शब्दमार्फत बुन्दै संगीतको सृजना गर्छ र सबैको ढुकढुकी बन्न सफल हुन्छ ।
जोयाले भनेकी छिन्,”म र मेरो सह-लेखक रीमा कागतीलाई के लाग्यो भने अझै पनि र्याप संस्कृतिबारे भन्न तथा बुझाउन धेरै कुरा बाँकी रहेको हुँदा हामीले यसको सिक्वेल बनाउने सोचेका हौं ।“
‘गल्ली बोए’ मा प्रमुख महिला पात्रको रुपमा आलिया भट्टको जबर्जस्त अभिनय देख्न सकिन्छ । साथमा कल्की कोचलिनले पनि निकै सुन्दर भुमिका खेलेकी छिन् ।
बलिउड हंगामाका अनुसार यसले अहिलेसम्म झण्डै १३७ करोड भन्दा बढी कमाइ सकेको छ ।
०००
०००