Logo

पोखरा म्याराथनलाई अमेरिकाबाट सहयोग



Spread the love

१ फागुन, कास्की – यही फागुन ७ गते पोखरामा आयोजना गरिएको १३ औँ संस्करणको ‘सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’लाई अमेरिकामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

फाइल तस्विर:

नेपालीबाट सङ्कलित रु तीन लाख आज पोखरामा खेलप्रेमी याम पौडेलले मञ्चका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरे । ‘दौडौँ स्वास्थ्यका लागि, दौडौँ पोखराका लागि’ भन्ने नारासाथ भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनलाई अमेरिकास्थित बोष्टन र न्यू ह्याम्पसाएरमा कर्म क्षेत्र बनाएर बसेका नेपालीले सो सहयोग गरेका हुन् । बोष्टन र ह्याम्पसाएरका याम पौडेल, सोम गुरुङ, कृष्ण खनाल, भुवन गुरुङ, झक गुरुङ, रत्न गुरुङ, टोप गुरुङ, माधव रानाभाट, शम्भु गुरुङ, किरण खड़का, दीपेन्द्र लामिछाने लगायतले सहयोग गरेको बताइको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पौडेलले पोखरा म्याराथन जस्तो कार्यक्रममा सहयोग गर्न पाउँदा परदेशमा रहेका नेपाली पनि खुशी भएको बताए । मञ्चका अध्यक्ष गुरुङले देशविदेशमा रहेका नेपालीले पोखरा म्याराथनलाई सफल गराउन आआफ्नोतर्फबाट खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्