Logo

आज मिति २०७५ साल पौष २५ गते बुधवार, आजको राशीफल



Spread the love

आज मिति २०७५ साल पौष २५ गते बुधवार । आजको राशीफल यस प्रकार रहेको छ।  तपाईको दिन शुभ रहोस्।

मेष राशी(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
->व्यापार व्यवसायबाट लाभ मिल्नेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् । अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएकाे छ।

वृष राशी(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
-> यात्रा सफल हुने छ। कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । केही कुरा आफुले सोचेजस्तो नभएर निराशा छाउन सक्छ ।

मिथुन राशी(का, कि, कु, घ, ङ, छ, के, को, हा)

-> सिर्जनशील क्षेत्रमा मन जाने छ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

कर्कट राशी(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
-> श्रमको उचित मूल्याङ्कन हुनेछ। मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ ।

सिंह राशी(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
-> अतिथिको सेवा गर्नुपर्ने छ । अनुहारमा प्रसन्नता छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । अतिथिको सेवा गर्नुपर्ने छ।

कन्या राशी(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
-> मित्रहरूसँग भेटघाट हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ।

तुला राशी(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
-> विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । मान प्रतिष्ठामा बृद्धि होला । नयाँ काममा रुचि जाग्न सक्छ ।

वृश्चिक राशी( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
-> इनाम र प्रतिष्ठा बढ्नेछ । प्रेमी र परिवारको सुख मिल्नेछ । अधुरो काम बन्नेछ ।

धनु राशी(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
-> नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलाेसँग बित्ने छ।

मकर राशी(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
-> आजको दिन सोछे जस्तो नहुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । धन खर्च हुनेछ ।

कुम्भ राशी(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
-> मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

मीन राशी(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
->अध्ययन अध्यापकको क्षेत्रमा सफलता हासिल हुने छ। धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्