Logo

फ्रान्सका विदेश सचिव नेपाल भ्रमणमा आउँदै



Spread the love

फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दी नेपाल आउने भएका छन् ।

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा विदेशा सचिव मोरि नेपालको दुई दिवसीय भ्रमणमा राजधानी आउने भएका हुन् ।

परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनी यही पुस २५ गते राजधानी आउने कार्यक्रम छ ।

उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ ।

बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचारविमर्श हुने सचिव वैरागीले जानकारी दिए ।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्