लोक दोहोरी क्षेत्रमा आफ्नो छुटै छाप छोड्न सफल गायक अमरदिप बुढाथोकीको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “दिलको ढुकढुकी” सार्वजनिक भएको छ।
बिशेष गरेर पछिल्लो पुस्तामा आफ्नो स्वरको जादु देखाउन सफल अमरदिपलाई स्वरमा गायीका शान्ता बस्नेतले साथ दिएकी छिन्।
यस गीतको लय भने सर्जक/गायक अमरदिप बुढाथोकी र कमल बुढाथोकी( अनुप )को रहेको छ। त्यस्तै यो गीतको शब्द भने कमल बुढाथोकी( अनुप ) र राम बस्नेतले लेखेका हुन् ।
सागर गौतमले छायाङ्कन गरेको गीतको सम्पादन भने पदम सुबेदिले गरेका हुन्। खमेश श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा भने प्रनील गुरुङ शान्ता बस्नेत सुमन बुढाथोकीको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो:
प्रतिक्रिया दिनुहोस्