Logo

‘समर लभ’को ‘साया..’ गीत सार्वजनिक



Spread the love

चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर बनेको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रकी पात्र सायालाई विशेष समर्पण गर्दै चलचित्रको पहिलो गीत ‘साया..’ सार्वजनिक भएको हो ।

रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार प्रसार सुरु गरेको छ । सार्वजनिक भएको गीतमा मुख्य दुई कलाकार आशिष् पिया र रेवती क्षेत्री फिचर छन् ।गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन् । शब्द, संगीत पनि पुष्पनको नै छ । ‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ ।

मुस्कान ढकालको निर्देशनमा तयार भएको चलचित्रमा आशिष् र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन् ।सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् । नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । अर्जुन जिसीले सम्पादन गरेको ’समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/Z7MsqCUu7b4

 

प्रतिक्रिया दिनुहोस्