Logo

मिस वर्ल्ड २०१८: मल्टिमिडिया अवार्ड नेपाललार्इ, श्रृंखला फाइनलमा प्रबेश



Spread the love

मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला  आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।

Image may contain: 1 person, smiling, standing and outdoor

यस अघी हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी थीइन् । उनी मिस सिंगापुरसँग पराजित भएकी थीइन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।

११८ प्रतियोगीमध्ये जम्मा ३० जना सेमी फाइनलमा पुग्छन् र बाँकी सबै फालिन्छन् ।तीनै ३० जनाबीच उपाधिका लागि मिस वर्ल्ड २०१८ घोषणा हुने दिन भिडन्त हुनेछ र एक जनाले मिस वल्र्ड २०१८ ताज पहिरिनेछिन् ।

सेमी फाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।यससङै नेपालले मिस वर्ल्ड जित्ने सम्भाबना कायमै रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्