१७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।
गिनिज बुक अफ वर्ल्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् ।
महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना अहिले काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् ।
प्रतिक्रिया दिनुहोस्