Logo

टिपरको ठक्कर बाट एकको मृत्‍यु



Spread the love

६ मङ्सिर, भक्तपुर – सूर्यविनायक नगरपालिका –२ बालकोटमा गए राती ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइक चालक २४ वर्षीय मनोज मगरको मृत्यु भएको छ । महोत्तरी स्थायी घर भई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्ने आएका मगर सवार मोटरसाइकललाई मेरिगोल्ड इङ्लिस स्कुल अगाडि ठक्कर दिएको मोटरसाइकल लडेपछि ‘ब्याक’ गरेर फेरि किचेको प्रत्यक्षदर्शी राजाराम खत्रीले बताएका छन् ।

स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनावग्रस्त बनेको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिए, चालक फरार रहेकाले खोजी भइरहेको जानकारी दिएका छन् । घटनाका कारण कौशल्टार हुँदै बालकोट, सिरुटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्