६ मंसिर, काठमाडौं – आइभेरीकोष्ट तथा चेल्सीका चर्चित खेलाडी ४० वर्षीय ड्रोग्बाले २० वर्षे लामो फुटबल करिअरबाट सन्यास लिएका छन् । चेल्सीलाई चार पटक इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । फरवार्डको भूमिकामा मैदानमा देखिने ड्रोग्बाले चेल्सीबाट ३८१ खेलमा १६४ गोल गरेका थिए ।
सन् २०१२ को च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई जिताउन उतिकै भूमिका निभाएका उनले प्रिमियर लिगको सन् २००६/०७ र सन् २००९/०१० मा गरी दुई पटक गोल्डन बुट पनि पाएका थिए । आइभेरीकोष्टका लागि भने उनले १०५ खेलमा ६५ गोल गरेका छन् । उनले आफ्नो देशको नेतृत्व गर्दै तीन पटक विश्वकप समेत खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्