Logo

माजुदेगः पुनःनिर्माण



Spread the love

१२ कात्तिक, काठमाडौँ – काठमाडौँको वसन्तपुरस्थित ऐतिहासिक माजुदेगःको पुनःनिर्माण आजदेखि शुरु भएको छ । विसं १६९०मा राजा भूपालेन्द्र मल्लकी हजुरआमा ऋद्धिलक्ष्मीले धेरै सिँढी भएको सो मन्दिर बनाएकी थिइन् ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त मन्दिर पुनःनिर्माणको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज पूजा गरी शुभारम्भ गरे । कामपा हनुमान ढोका दरबार संरक्षण समितिबाट सानु सुवाल र पवन जोशीको नेतृत्वको प्राकृतिक कम्पनीले रु ५ करोड ४९ लाख ३५ हजार २०६ को लागतमा आगामी दुई वर्षभित्र सो मन्दिर पुनःनिर्माण गर्ने ठेक्का पाएको छ ।

महानगर प्रमुख शाक्यले महानगरभित्र धेरै अमूल्य सम्पदा रहेकामा माजुदेगः स्थानीय जनताको आस्थाको केन्द्र तथा सिङ्गो मुलुकको चासोको विषय भएको बताए । भूकम्पबाट क्षतिग्रस्त महानगरभित्रका भित्रका थुप्रै स–साना मन्दिर तथा पाटीपौवा निर्माण गरिसकेको जानकारी दिँदै उनले कुमारी घरको पुनःनिर्माणको जिम्मेवारी पनि महानगरकै काँधमा रहेको छ भने ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विसं २०७२ को भूकम्पबाट ध्वस्त सम्पदाको पुनःनिर्माणले गति लिन थालेको उल्लेख गर्दै रानीपोखरी पनि पुनःनिर्माण हुने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्