इथियोपियाका प्रधानमन्त्री आबी अहमदले आफ्नो मन्त्री परिषदमा आधा पद महिलालाई दिएका छन्। संसद्मा बोल्दै उनले महिला कम भ्रष्ट हुने र देशमा शान्ति तथा स्थिरता ल्याउन मद्दत हुने भन्दै महिलालाई मन्त्री बनाएको बताए।
आबी अहमदले मन्त्रीको संख्या २८बाट घटाएर २० बनाएका हुन्।
देशको महत्वपूर्ण मानिने रक्षा, शान्ति, उद्योग, महिला बालबालिका तथा युवा, यातायात लगायतका मन्त्रीको पद महिला नेतालाई दिइएको बिबिसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्