यो वर्ष बलिउड अभिनेत्रीको स्टाटस नाटकीय ढंगले बदलिएको छ । कंगना रनावत, दीपिका पादुकोन, श्रद्धा, करीना र प्रियंका शीर्ष स्ठानमा पुगेका छन भने माधुरी विद्या बालन, बिपासा बसु, परिनीति जस्ता दर्जन एक्ट्रेसहरुसँग एउटा फिल्म पनि छैन ।
फिल्म र सफलतामा टप ८ मा रहेका बलिउड अभिनेत्री
१. कंगना रनावत
आउने वर्ष बेस्ट एक्ट्रेसको अवार्ड कंगनाको ‘तनु वेड्स मनु रिटर्न्स’ ले लाने चर्चा अहिलेदेखि नै चल्न सुरु गरेको छ । कंगना यसपछि पनि चार फिल्ममा आउने निश्चित भएको छ ।
२. दीपिका पादुकोन
२०१३ पछि दीपिकाले बलिउडमा एकछत्र राज गरेकी छन । थुप्रै रेकर्ड पनि बनाएकी छन । हालैको ‘पिकु’ फिल्म उनको जीवनकै सफलताको अर्को कडी बनेको छ । उनीसँग अहिले ५ वटा फिल्म हातमा छ ।
३. आलिया भट्ट
आफ्नो पिढीका नायिकामा आलिया सबैभन्दा अगाडी छन । प्रयोगात्मक र कमर्सियल फिल्ममा उनले राम्रोसँग ब्यालेन्स गरेकी छन । उनीले ठूला ब्यानरका फिल्मका साथमा ५ फिल्म मा साइन गरेकी छन ।
४. करीना कपूर
करीना यो वर्षको सबैभन्दा ठूलो मानिएको फिल्म ‘बजरंगी’ की हिरोइन हुन । आज पनि करीना मुख्य भूमिकामा नै छन । करीनाको हातमा अहिले २ वटा फिल्म छ ।
५. श्रद्धा कपूर
‘आसिकी २’ बाट स्टार बनेपछि उनले कुनै फ्लप फिल्म दिएकी छैनन् । श्रद्धासँग फरहानको साथमा फिल्म ‘रक अन २’ र अर्को फिल्म पनि रहेको छ ।
६. सोनम कपूर
यो वर्षको सबैभन्दा ठूलो फिल्म ‘प्रेम रतन धन पाए’ मा उनी फिमेलको मुख्य भूमिकामा छन । दुई अन्य महिला केन्द्रित फिल्म पनि उनको हातमा छ ।
७. अनुष्का शर्मा
अनुष्काको फिल्म तीन फिल्म ‘पिके’, ‘एनएच १०’, र दिल धड्कने दो’ सफल रहेका छन । उनी अहिले करनको फिल्म ‘ऐ दिल है मुश्किल’ मा लिड रोलमा छन ।
८. प्रियंका चोपडा
मेरी कोम होस या दिल धड्कने दो’ उनको हरेक फिल्मको चयन सही भएका छन । उनीसँग अहिले २ वटा फिल्म र १ अमेरिकी सो ‘क्वान्टिको’ हातमा छन ।