शरीरलाई फिट र स्वस्थ राख्नु अब बलिउडमा आवश्यकता मानिएको छ । आफूलाई फिट राख्नको लागि नायिकाहरु अब योगातिर आकर्षित हुन थालेका छन । यहाँ बलिउडका १० हिरोइनको फिटनेसको रहस्यबारे जानकारी दिएको छ ।
केही वर्ष अगाडि करीना कपूरले योगाको माध्यमबाट आफ्नो मोटोपनलाई भगाएकी थिइन । करीनाले दिनह ९० मिनेट योगा गर्छीन । उनले खास गरी बिक्रम योगा या हट योगा गर्ने गर्छिन ।
२. शिल्पा सेट्टी
शिल्पा सेट्टीले गत १४ वर्षदेखि योगा गर्दै आएकी छन । यसैले बलिउडमा शिल्पा सबैभन्दा फिट एल्ट्रेसको रुपमा चिनिन्छिन । शिल्पाले आफ्नो योगाको एक सिडी पनि निकालेकी छन ।
३. दीपिका पादुकोन
दीपिकाको शरीर अहिले फिट देखिन्छ । दीपिका योगा गर्न र जिम जान निकै मन पराउछिन । उनी जिम आवश्यकता अनुसार जान्छिन तर योगा भने दिनहू गर्ने गरेकी छन ।
४. बिपासा बसु
बिपासा बसु सधै नै पर्फेक्ट फिगरमा रहन्छिन । उनी आफूलाई सुन्दर र तौल घटाउनको लागि योगा भन्दा उत्तम चिज केही नभएको बताउछीन ।
५. मलाईका अरोडा
बलिउडकी हट मलाईका अरोडा धेरैको लागि फिटनेस आइडियल पनि हुन । तर मलाईकाले करीना कपूरसँग प्रेरित भएर योगा गर्न थालेकी हुन ।
६. इलियाना डिक्रुज
इलियाना डिक्रुज गत ६,७ वर्षदेखि योगा गर्दै आइरहेकी छन । उनी भन्छिन्, तनावलाई भगाउनको लागि योगा सबैभन्दा ठूलो एक्सरसाइज हो ।
७. नर्गीस फाखरी
नर्गीस फाखरी आफ्नो फिटनेसको राज योगालाई मान्छिन ।
८. सोनम कपूर
सोनम कपूर योगालाई फिटनेस मन्त्र मान्ने गर्छिन । जीवनमा योगालाई महत्वपूर्ण स्थान रहेको बताउछिन ।
९. कंगना रनावत
कंगना रनावत लामो समयदेखि योगा गर्दै आइरहेकी छन । योगाले आफ्नो लाइफ नै बदलेको बताउछिन उनी । योगाले नै उनको सोच सकारात्मक रुपमा परिवर्तन भएको पनि बताउछिन् ।
१०. ज्याक्लिन फर्नान्डिस
निकै राम्रो डान्सर मानिने ज्याक्लिन फर्नान्डिस आफूलाई फिट राख्नको लागि योगा गर्छिन । एक हप्तामा उनी कमसेकम ५ पटक योगा गर्ने गरेको बताउछिन ।