Logo

अभिनेत्रीलाई १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना



Spread the love

चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीको अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ। गत जुलाईदेखि बेपत्ता भएकी ती अभिनेत्रीले सामाजिक सञ्जालमा क्षमायाचना गरेकी छन्। उनि चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्री मध्येकी एक हुन्। उनले समयमै जरिवाना तिरे फौजदारी अभियोगहरू खेप्नु नपर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

कलाकारहरूको पारिश्रमिकबारेको एक सरकारी छानबिनमा उनी तानिएकी थिइन्। चलचित्रका केही कलाकारमाथि तथाकथित ’यिन–याङ सम्झौता’ अन्तर्गत पारिश्रमिक लिने गरेको आरोप छ। सो सम्झौता अन्तर्गत कलाकारहरूले लिने वास्तविक सम्झौता एउटा हुन्छ भने कम पारिश्रमिक देखिने अर्को सम्झौता हुन्छ। अधिकारीहरूले फान र उनको कम्पनीलाई कर, जरिवाना तथा दण्डस्वरूप अर्को जरिवाना तिर्न आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्