चाडबाडको बेलामा अत्यधिक सवारी चांप र सडकको खराब अबस्थाका कारण यतिबेला राजमार्गमा जामका कारण यात्रुहरु मर्कामा परेका छन् ।काठमाण्डु आउजाउ गर्ने नौबिसे-थानकोटसम्मको राजमार्गमा घण्टौं जामको सास्ती ब्यहोर्न यात्रुहरु बाध्य छन् ।
जाम हटाउन न पर्याप्त जनशक्ति छ न अन्य बिकल्प राज्यले मिलाउन सकेको छ ।जामका कारण सयौं सवारी र हजारौं यात्रुहरु राजमार्गमा अलपत्र पर्ने गरेका छन् ।चाडबाडको बेलामा सवारी संख्या थपिएर जाम हटाउन गार्हो भएको छ।
हिजो बिहानै दाङ, नेपालगञ्ज, सुर्खेत, डडेल्धुरा, डोटी, बैतडीलगायतका जिल्लाबाट छुटेका गाडी अहिलेसम्म काठमाडौं आइपुगेका छैनन् । आज बिहानै काठमाडौंबाट छुट्नु पर्ने ती गाडी ठाउँ ठाउँको जामका कारण भर्खर धादिङ पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्