Logo

आँधीका कारण अमेरिकामा ३ लाख ७० हजारभन्दा बढी प्रभाबित, १३ जनाको मृत्‍यु



Spread the love

२५ असोज, काठमाडौं – अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडा शहरलाई सबैभन्दा बढी प्रभाबित पारेर आएको माइकेल नामक आँधीले उक्त ठाउको जनजीवन अस्तव्यस्त बनाएको छ । फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभाव पारेको छ ।

आँधीका कारण होन्डुरसमा ६ , गिकारागुवामा ४ र एल साल्भाडोरमा ४ जनाको मृत्यु भएको र जम्मा मृत्‍यु हुनेको सङ्ख्या अमेरिकामा  आँधीका कारण कम्तीमा १३ जना पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनएको छ । प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँको सयौँ घरमा क्षति पुर्‍याएको छ ।

यो फ्लोरिडामा सय वर्षपछिको शक्तिशाली आँधी भएको अधिकारीहरुले जनाएको छन् । फ्लोरिडाका मात्रै ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्