हिन्दुहरुको महान पर्ब दशै घर आगनमा भित्रिएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका दशै- तिहार गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।यसै बिच फौजीमा रहेका नेपालीको दसैं तिहारको सन्दर्भलाई समेटेर तयार गरिएको “वचन” नामक दशै तिहार बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।यो गीतले दसैं र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा मुखरित गरेको छ ।
परदेशिएका दाजुभाइसमेत घर आएर परिवारसँग दसैं तिहार मनाइरहँदा प्रहरी भने स्वेदशमै रहँदासमेत घर जान नपाउने वास्तविकतालाई गीतमा समेटिएको छ ।
स्टुडियो तरंग म्युजिक प्रालिको प्रस्तुतिमा जय देवकोटाको “वचन” नामक दशै तिहार बोलको म्युजिक भिडियो जय देवकोटाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।नेपालीहरुको महान चाड दशैं–तिहारको अवसरमा “वचन” बोलको दशैं–तिहारको गीतको म्यूजिक भिडियो रिलिज भएको हो ।गीतमा युवा सर्जक जय देवकोटाको मार्मिक शब्द/सङ्गित रहेको रहेको छ। यसै गरी अभिनास डिसिको सम्पादन तथा बिरेन्द्र भट्टको छायान्कन रहेको छ । चर्चित गायक द्वय जय देवकोटा र शक्ति चन्दको आवाज रहेको उक्त गीतमा अर्का गायक सन्जय सिर्पालले पनि आवाजमा साथ दिएका छन।
यस गीतमा जय देवकोटा, मुक्ति गौतम, सुधा देवकोटा, इन्द्र जिसि, सामना देवकोटा र योगेश्वर शर्माले अभिनय गरेका छन् भने म्युजिक भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेकी हुन ।
हेर्नुहोस् भिडियो: