Logo

आजको राशिफल – २१ आश्विन २०७५, आइतवार



Spread the love

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने रोकिएको काम सम्पादन गर्न सकिनेछ।  करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

 

 

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

लाभदायक यात्राको सम्भावना छ । ग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। उद्योग र व्यापारमा मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

 

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। योजनाअनुसार काममा अघि बढ्न नसकिएला। नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ ।स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ।

 

 

 

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): रोकिएका काम पुनः सुरु हुन सक्छ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।  दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने साझेदारीबाट मनग्गे लाभ मिल्नेछ।

 

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफ्नो कल्याण छ ।

 

 

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला।  परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

 

 

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला।  श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

 

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ | अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा केही वादविवाद आउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि चिताएको काम सम्पादन गर्न केही समय प्रतीक्षा गर्नुपर्ला।

 

 

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :  प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको छ ।बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। खर्च लागे पनि कर्जामार्फत धन जुट्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।

 

 

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

 

 

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही श्रम गर्नुपर्ला। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । नयाँ काममा शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। कामका लागि केही दौडधुप गर्नुपर्नेछ।

 

 

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्