Logo

बौद्धका डीएसपी घुस लिएकाे अाराेपमा पक्राउ 



Spread the love

२१ असोज, काठमाडौं- अख्तियार अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई घुस लिएकाे अाराेपमा पक्राउ गरेको छ ।

उनलाई नियन्त्रणमा लगिएको र अनुसन्धान कार्य भईरहेको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । राईलाई शनिबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्